समय : ०१:४६ am | बुधबार , भाद्र २५ गते २०८१

प्यूठानमा पोलीयो खोप अभियान सञ्चालन हुदै

सन्तोष सुनार | जेठ ७ गते २०८१

पोलीयो खोप लगाउन छुटेका बालबालिकाहरुका लागी जिल्लामा खोप अभियान सञ्चालन हुने भएको छ ।

यहि जेठ १३ गते देखी २६ गते सम्म जिल्लाका नौ वटै स्थानीय तहहरुमा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय प्यूठानले सोमबार सञ्चारकर्मीसँग अन्तक्रिया कार्यक्रम गरी जानकारी गराएको हो । २०७३ वैशाख देखी २०७५ असोज मसान्त भित्र जन्मीएका बालबालिकाहरु खोप लगाउन छुटेको हुदा आई. पि.भी. खोप अभियान २०८१ सञ्चालन गरिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख हेमराज पाण्डे बताए ।

जिल्लामा लक्षित बालबालिकाको संख्या ११ हजार ५ सय ६४ जना रहेको प्रमुख पाण्डेले बताए । ति बालबालिकाहरुलाई अहिले विद्यालयमा भेटिने भएको हुदा स्वास्थकर्मीहरु विद्यालयमै पुगेर खोप लगाउने बताउदै छुटेका बालबालिकालाई खोप केन्द्रहरु मार्फत पनि खोप दिइने उनको भनाई रहेका छ । यो खोप बालबालिकाको दायाँ पाखुराको माथिल्लो भागमा मासुभित्र ०.५ मि.लि.को लगाइने छ । बालबालिकालाई खोप लगाउन ९४ जना स्वास्थ्यकर्मी खटाईएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जिल्लामा खोप लगाउन कुनै अवरोध , बाधका लागी सुरक्षकर्मी तथा प्रशासनले सहयोग गर्ने बताउदै यस अभियानलाई सफलताको शुभकामना व्यक्त गरेका थिए । त्यस्तै प्यूठान नगरपालिकाका प्रमुख विष्णु बहादुर योगीले प्यूठान नगरपालिकाका प्रत्येक वडाहरुमा खोप लगाउने तरिका सम्बन्धि बैठक बसी तयारी गरेको बताउदै २०७३ वैशाख देखी २०७५ असोज मसान्त भित्र जन्मीएका बालबालिकाहरु खोप लगाउन छुटेको हुदा सबैले समन्वय गरी खोप अनिवार्य रुपमा लगाउनु पर्ने बताएका थिए ।

कार्यक्रममा जि.स..स.प्यूठानका  सभापति धरम बहादुर जि.सी., उप सभापति दुर्गा रेग्मी , प्यूठान अस्पतालका डा. राजेन्द्र पौडेल,नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा प्यूठानका सभापति गुमान राज पुलामी , नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजाल , केन्द्रिय सदस्य सुशिल पोख्रेल , पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारी , महिला उपाध्यक्ष राधिका भुसाल, सचिव प्रकाश वैद्य , प्रेस सेन्टरका केन्द्रिय सदस्य हरि प्रसाद भण्डारी,जिल्लामा रहेका विभिन्न मिडियामा जोडिएका सञ्चारकर्मी तथा स्वास्थ्यकर्मीहरुको उपस्थित रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्