समय : ०८:५५ am | शनिबार , श्रावण १२ गते २०८१

प्यूठानका मिन बहादुर बुढा (भेलु) को निधन

सन्तोष सुनार | वैशाख २० गते २०८१


प्यूठान ।सबैलाई हसाउने प्युठान जिल्लाका मिन बहादुर बुढा (भेलु) को निधन भएको छ । विहिवार जिल्ला अस्पताल विजुवारमा साझ ७ः४० बजे उनको निधन भएको अस्पतालको सुपरटेन्ट डा.प्रमिला खनालले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो । भेलु बा अस्पतालमा श्वास प्रश्वासमा समस्या भएको बताउदै साढे एक बजे आएको खनालले बताउनुभयो ।

उनको स्वास्थ्य जाचँ गर्दा एस्प्रिसन निमुया समस्या भएको अस्पतालले जनाएको छ । उनी सामाजिक सञ्जालमा अर्गानिक भाषामा रमाईलो प्रदान गर्ने तथा हसाउने पात्रको रुपमा समेत परिचित रहेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page