समय : ०९:१२ am | शनिबार , श्रावण १२ गते २०८१

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तीव्र तयारीमा

स्वर्गद्वारी अपडेट | वैशाख १२ गते २०८१

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।राष्ट्रिय दलित पत्रकार संघ प्यूठान दोस्रो अधिवेशनको तीव्र तयारीमा जुटिरहेको छ।

शाखाका अध्यक्ष लोकेन्द्र सुनारको अध्यक्षतामा बसेको बैठकले दलितका कला, सिपसंग जोडिएका बस्तु प्रदर्शनी गर्ने योजना बनाएको संघका सचिव बोम बहादुर परियारले जानकारी दिए । वैशाख १५ गते बिहान मिडियामा दलितको सहभागीता बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने शाखाले निर्णय गरेको छ ।

त्यस्तै चेतनामूलक साँस्कृतिक कार्यक्रम सहित प्यूठानमा दलितहरुले परम्परागत रुपमा पेशागत रुपमा अँगाल्दै आएका फलाम, धातुजन्य सामग्री, बाजाहरु, प्यूठानका बाघमुखे चुलेसी, काष्ठकलाहरु प्रदर्शनमा राखिने संघका अध्यक्ष लोकेन्द्र सुनारले जानकारी दिए।

नेपालको दलित आन्दोलनमा भएका कुराहरु लिपिबद्ध गर्दै दलितका हराउँदै गएका मौलिक सिप र कलालाई संचार क्षेत्रमा उठाउन अधिबेशनले सहयोग गर्ने अपेक्षा गरिएको अध्यक्ष सुनारले बताए । अधिवेशनलाई भव्य बनाउन आफुहरु तिव्र तयारीमा जुटेको उनले जानकारी दिए ।संघको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।

facebook sharing button
email sharing button
messenger sharing button

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page