समय : ०५:१७ am | शनिबार , श्रावण ११ गते २०८१

स्वर्गद्वारी नगरपालिकामा कामै नगरी खातामा पैसा

स्वर्गद्वारी अपडेट | फागुन १८ गते २०८०

प्युठान।प्युठानको स्वर्गद्वारी नगरपालिकामा केही कर्मचारीको व्यक्तिगत खातामा अचानक रकम जम्मा भएपछि पालिका बिबादमा मुछिएको छ।नगरपालिकामा कार्यरत  हुँदा सरकारी सेवाबाट अवकाश पाउदा पाउदै अन्तिम समयमा प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले कर्मचारीलाई रकम बाढे सँगै सिङ्गो नगरपालिकालाई नै बिबादमा तानेका छन्।      

कार्यालय समयमा बाहेक अतिरिक्त समयमा काम गरेको भत्ता भन्दै पूर्व प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेलको स्वीकृति तथा सिफारिसमा सबै जम्मा गरेर ४ लाख ७ हजार ५ सय ७५ रुपैयाँ रकमलाई बाडेर १७ जना कर्मचारीहरूको व्यक्तिगत खातामा रकम जम्मा भएको आर्थिक प्रशासन शाखाले स्वीकार गरेको छ।कर्मचारीलाई अतिरिक्त सेवा बापत अन्य कार्यालयहरुले पनि भक्ता  दिने हुँदा सोही अनुरुप उक्त्त रकम कर्मचारीको खातामा जम्मा गरिदिएको नगरपालिकाको आर्थिक प्रशासन शाखाले जानकारी दिएको छ।   

पालिकाले अतिरिक्त काम गरे बापत भक्ता भन्दै कर्मचारीको व्यक्तिगत खातामा  रकम जम्मा भएपछि बिबादमा मुछिएको हो।आफ्नो खातामा नगरपालिकाको खाताबाट एक कर्मचारीको ७ हजार २ सय २५ देखि ४७ हजार ५ रुपैयाँ सम्म रकम जम्मा भएको कर्मचारी श्रोतले जनाएको छ।

पुर्व प्रमुख प्रसासकिय अधिकृत मोहन पौडेल यस भन्दा अगाडी पनि बिभिन्न बाहानामा बिबादित बन्दै आएका थिए।कार्यलयमै दलित कर्मचारीलाई भेदभाव गर्नु,सम्झौता अनुरुप योजना सम्पन्न भएका कामहरुको भुक्तानी गर्न अटेरी गर्नु, कार्यालयमा एकलैटे शासन गर्नु लगाएतका कुराहरुले धेरै बिबादमा मुछिएको कर्मचारी श्रोतले स्वर्गद्वारी अपडेटलाई जानकारी दिएको छ। तुलसीपुर उपमहानगरपालिकामा कार्यरत रहँदा यी यस्ता बिषयले गर्दा उनलाई सेवाग्राहीले कार्यकक्षमै थुनेको घटना समेत सार्वजनिक भएको थियो।  

कर्मचारीद्वारा रकम फिर्ता

स्वर्गद्वारी नगरपालिकामा कार्यरत कर्मचारीले अतिरिक्त सेवा बापत खातामा जम्मा भएको रकमको आफु हकदार नभएको भन्दै नगरपालिकाकै खातामा उक्त्त रकम फिर्ता गरिदिएको  एक बिज्ञप्ति जारी गर्दै जानकारी गराएका छन्। ना.सु बिष्णु प्रसाद गोराथोकिले उक्त रकम पालिकाको सोही खातामा १० हजार ६ सय २५ रुपैयाँ जम्मा गरिदिएको भौचर समेत सार्वजनिक गरेका छन्।  

नगर प्रमुख भण्डारीले छानबिन गर्दै

स्वर्गद्वारी नगरपालिका प्युठानका नगर प्रमुख टेक प्रसाद भण्डारीले यो बिबादप्रति  आफूलाई कुनै पनि जानकारी नभएको बताएका छन्। 'यो घटना सार्वजनिक हुँदा सम्म म बेखबर थिए।' नगरप्रमुख भण्डारीले भने –'यस बिषयलाई मैले गम्भीर रुपमा लिएर छानबिन प्रक्रिया आगाडी बढाएको छु।' अतिरिक्त समयमा कस्ले कति काम गरेको छ भन्ने कुरा विद्युतीए हाजिरी चेकजाँच गर्दा प्रस्ट देखिने हुँदा छानबिन गर्नलाई कुनै समस्या नहुने बताउदै तुरुन्तै छानबिन गरि यथार्थ कुरा बाहिर ल्याउने दाबी समेत गरेका छन्।     

भण्डारीका अनुसार आधारहीन तथा अनियमितता तरिकाले यसरी भत्ता वितरण भएको भए कर्मचारीहरूले पुन फिर्ता गर्नुपर्ने र आवश्यक नियमन गरिने छ।

बिहिबार मात्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका भोज बहादुर भण्डारीले स्वर्गद्वारी अपडेटले समाचार तयार पार्दा सम्म यस बिषयमा आफुलाई कुनै जानकारी नभएको बताउदै छानबिनका लागि आवश्यक सहयोग गर्ने बताएका छन्।    

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page