समय : ०८:३१ am | शनिबार , श्रावण १२ गते २०८१

प्यूठानमा जीप दुर्घटना चालक सहित ३ जना घाईते

सन्तोष सुनार | फागुन १७ गते २०८०

प्यूठान । प्यूठानमा जीप दुर्घटना हुदा चालक सहित ३ जना घाईते भएका छन । विहिवार जिल्लाको झिमरुक गाउँपालिका ३ दारीमचौर बाट गएको भे १ च २५७५ नं.को जीप मल्लरानी गाउँपालिका १ ददेरी खोलामा ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले स्वर्गद्वारी अपडेटलाई जानकारी दिएको छ ।

प्रहरीका अनुसार जीपमा चालक सहित तिनजना रहेका छन । जीपमा सवार रहेका झिमरुक गाउँपालिका ३ दारीमचौर २५ कि विन्दु जि.सी. ३० वर्ष की उज्यली खड्का घाईतेका भएका छन । झिमरुक गाउँपालिक २ बादिकोटका जीप चालक सुनिल एम.सी. भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

घाईतेहरुलाई जिल्ला अस्पताल विजुवार ल्याईएको छ । यस दुर्घटना विहान १२ वजे भएको हो

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page