समय : ०५:३७ am | शनिबार , श्रावण ११ गते २०८१

सल्यानमा चट्याङ लागेर चार जना घाइते

स्वर्गद्वारी अपडेट | फागुन १० गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।सल्यानमा चट्याङ लागेर चार जना घाइते भएका छन् । घाइते हुनेमा शारदा नगरपालिका १३ निवासी जानकी बस्नेत, सुशिला भारती, मनिषा बुढाथोकी र सुनिल बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजो बुधबार राती ८ बजेको समयमा स्थानिय देवीलाल बस्नते र टिकाराम बस्नेतको घर नजिकमा चट्याङ पर्दा उनीहरु घाइते भएका हुन् । घाइतेहरुको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page