समय : ०९:३३ am | शनिबार , श्रावण १२ गते २०८१

खैरा स्वास्थ्य चौकीद्वारा पोखरी स्वास्थ्य आमा समुहलाई आयोडिन नुनको महत्व प्रशिक्षण

सन्तोष सुनार | फागुन ९ गते २०८०

प्यूठान । जिल्लाको मल्लरानी गाउँपालिका ५ खैरा स्वास्थ्य चौकीले पोखरी स्वास्थ्य आमा समुहलाई आयोडिन नुनको महत्व बारे जानकारी गराएको छ ।

स्वास्थ्य मन्त्रालयले फेब्रअरी महिनालाई आयोडिन महिनाको रुपमा लिने भएकाले बुधवार एक कार्यक्रम बिच खैरा स्वास्थ्य चौकीले मल्लरानी गाउँपालिकाको रप्चुमा गइ पोखरी स्वास्थ्य आमा समुहका स्वयम् सेविकालाई आयोडिन नुनको महत्व बारे जानकारी गराई आयोडिन महिनाको रुपमा मनाएको खैरा स्वास्थ्य चौकीका प्रमुख रेसम भुषालले स्वर्गद्वारी अपडेटलाई जानकारी गराए । आयोडिन नुनको प्रयोगले गलगाँड नहुने , दादुरा कम हुने , मानसिकको विकास हुने , स्वास्थ्य रहने भुषालले बताए ।

स्वास्थ्य स्वयंमसेविका गाउँ घरमा धेरै गई राख्नु पर्ने हुदा उनीहरुलाई आयोडिन नुनको महत्व बारे प्रशिक्षण गराई जनसमुदायलाई बुझाउन तथा जानकारी गराउन आग्रह गरेको उनको भनाई रहेको छ । आयोडिन नुनलाई डब्बामा भण्डार गरेर राख्ने , चिसो तथा ओसिलो ठाउँमा नराख्ने गरेमा आयोडिनमा कम नहुने खैरा स्वास्थ्य चौकीले जनाएको छ । साथै कार्यक्रममा फागुन १३ गते बाट लगाइने ९ महिना देखी ५ बर्ष मुनिका बालबालिकालाई दादुरा रुबेला खोप अभियान बारे जानकारी गराएको भुषालले बताए । कार्यक्रममा स्वास्थ्यकर्मी तथा स्वयंमसेविकाहरुको उपस्थित रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page