समय : ०२:३१ pm | शनिबार , श्रावण १२ गते २०८१

बोलेरो र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु 

स्वर्गद्वारी अपडेट | फागुन ९ गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।दाङमा बलेरो र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रोल्पाको त्रिवेणी गाउँपालिका–५ निवासी २१ वर्षका  विवेक पुन र सोही  ठाउँ निवासी मोटरसाइकलको पछाडि सवार  २४ वर्षका   नेत्र भण्डारी  रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक बहादुर मल्लले जानकारी दिनुभएको छ ।

रा ५ प ५४५३ नम्बरको मोटरसाइकल र बा २ झ ३६५२ नम्बरको बोलेरो पिकअप जिप बुधबार बिहान ६ बजे तुलसीपुर–घोराही सडक खण्डको सर्रामा ठोक्किए पछि उक्त दुर्घटना भएको थियो ।  दुर्घटनामा घाइते भएका पुन र भण्डारीको उपचारको क्रममा  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बिहान पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालक रोल्पाको त्रिवेणी गाउँपालिका– २ निवासी २९  वर्षका निर्मल बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ  ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page