समय : १०:१० am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा दादुरा रुबेला खोप फागुन तेह्र गते देखी सुरु

सन्तोष सुनार | फागुन ९ गते २०८०

प्युठान। प्युठानका नौ वटै स्थानियतहमा फागुन १३ गते देखी दादुरा रुबेला खोप अभियान सुरु हुदैछ ।

बुधबार स्वास्थ्य कार्यालय प्यूठानले जिल्लामा रहेका सञ्चारकर्मीहरु सँग दादुरा रुबेला खोप अभियान २०८१/०८१ जिल्ला स्तरीय अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठीको‌ आयोजना गरी जानकारी गराएको हो । दादुरा रुबेला खोप ९महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई तराइका २१ र उपत्यका ३ जिल्लामा लगाइने छ भने बाकी जिल्लामा ९महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई लगाइने स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले बताए ।

दादुरा रुबेला खोप १ बच्चामा नलगाउँदा १८ जनलाइ संक्रमित हुने गर्दछ। जिल्लामा २५ हजार ‌पाच सय खोप आएको र २२ हजार ८ सय २४ जनालाइ लगाइने छ । खोप प्युठानका सम्पुर्ण स्थानिय तहमा ११ गते पुग्ने , वडाहरुमा १२ गते जाने र १३ गते देखि खोप‌ लगाइने छ।खोप लगाउदा १६८ जना स्वास्थ्यकर्मी, पाच सय ४६ जना स्वयमसेबिका खटाइने छ । खोप जिल्लामा २ सय ७३ केन्द्रबाट दिइनेछ। दादुरा रुबेला रोग लाग्दा ज्वरो आउने , शरीरमा राता विमीरा देखा पर्ने , आखा पाक्ने ,आखा राता हुने , खोकि लाग्ने, ‌नाकबाट पानी बग्ने जस्ता ‌लक्षण देखिने गर्दछ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति धरम बहादुर जि.सी. , उपसभापति दुर्गा विक , नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका प्रमुख गुमानराज पुलामी , पत्रकार महासंघ प्युठानका अध्यक्ष सञ्जय रिजाल , केन्द्रीय सदस्य सुसिल पोख्रेल, पुर्व अध्यक्ष गिरु प्रसाद भण्डारी तथा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी र स्वास्थ्यकर्मीको उपस्थित रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page