समय : ०२:१५ pm | शनिबार , श्रावण १२ गते २०८१

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको लागि आइतवार अन्तर्वार्ता

स्वर्गद्वारी अपडेट | फागुन ४ गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पर्सि आइतवार अन्तर्वार्ता हुने भएको छ ।छनोट तथा सिफारिस समितिले यसअघि प्रतिस्पर्धामा छनोट भएका १४ जना उम्मेदवारहरूको अन्तर्वार्ता फागुन ६ गते आइतवार लिन लागेको हो ।प्रतिस्पर्धीहरुसँग विज्ञ र छनोट समितिका सदस्यहरूले अन्तर्वार्ता लिने छन् । उम्मेदवारहरुलाई बढीमा आधा घण्टाको समय दिएर अन्तर्वार्ता लिइने समितिले जनाएको छ । त्रिविको नयाँ उपकुलपतिको लागि ४३ जनाले आवेदन दिएकोमा १४ जना सर्ट लिष्टमा परेका थिए ।

प्रतिस्पर्धामा छनोट भएका १४ जनाको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण भैसकेको छ । अब आइतवार अन्तर्वार्ता सकिएपछि समितिले त्रिविको उपकुलपतिका लागि तीन जनाको नाम कुलपति समक्ष सिफारिस गर्नेछ । कुलपतिले तीन जनामध्ये एकजनालाई नयाँ उपकुलपतिमा नियुक्त गर्नेछन् । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page