समय : ०५:३७ am | शनिबार , श्रावण ११ गते २०८१

गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु

स्वर्गद्वारी अपडेट | फागुन ४ गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।भारतको राजधानी नयाँ दिल्लीको अलिपुरमा रहेको एक रासायनिक गोदाममा आगलागी हुँदा सात जनाको ज्यान गएको छ । हिजो बेलुका गोदाममा लागेको आगोले नजिकैका पसल र घर जलेर नष्ट भएको हो । हिजै २२ वटा दमकलको सहयोगमा झण्डै तीन घण्टाको प्रयासपछि आगो निभाइएको थियो । आगो निभाइसकेपछि सात जनाको शव निकालिएको हो ।

गोदामभित्र कति मानिस थिए भन्ने अझै यकिन हुन नसकेको र भित्र फसेका बाँकी व्यक्तिहरुको खोजी भइरहेको दिल्ली प्रहरीले जनाएको छ । आगो लागेपछि नजिकै रहेका घर र पसलका मानिसहरुले भने भागेर ज्यान बचाउन सकेको प्रहरीको भनाइ छ । आगलागीको कारण भने अझै थाहा हुन सकेको छैन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page