समय : ०६:५३ pm | शनिबार , श्रावण १२ गते २०८१

सहकारीमा सुशासनका लागी लेखा परिक्षकको भुमिका विषयक अन्तरक्रिया

सन्तोष सुनार | फागुन ३ गते २०८०

प्यूठान । सहकारीमा सुशासनका लागी लेखा परिक्षकको भुमिका विषयक १ दिने अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ ।

विहिवार “सहकारी दिगोपन , स्थानीयमन र सुशासन” मुल नाराको साथ जिल्ला सहकारी संघ लिमिटेड प्यूठानको आयोजनामा सहकारीमा सुशासनका लागी लेखा परिक्षकको भुमिका विषयक १ दिने अन्तरक्रिया कार्यक्रम प्यूठान नगरपालिका ३ जुम्रीमा रहेको विजय फुलवारी सभाहलमा सम्पन्न भएको हो ।

जिल्लामा रहेका सम्पुर्ण सहकारीलाई सक्रिय र चलाएमान बनाउने , सहकारीमा देखीएको समस्याहरुको कसरी हल गर्ने तथा सहकारीको अडिट गर्दा लेखा परिक्षकमा देखिएका बाधकहरुलाई उन्मुलन गर्ने उदेश्यले सञ्चालन गरिएको जिल्ला सहकारी संघ लिमिटेडका प्राविधिक सल्लाकार प्रकाश वैद्यले स्वर्गद्वारी अपडेटलाई बताए ।

कार्यक्रममा आएका विभिन्न सहकारीका सञ्चालकले गुनासो तथा समस्याहरु व्यक्त गरेका थिए । त्यसैक्रममा साना किसान सहकारी जुम्रिका सञ्चालक सर्मिला रावतले बचतलाई लगानी लगाउने क्रममा एक जनालाई विना धितो ८ लाख रुपैया सामाजिक सञ्जालमा उनको श्रीमानसँग भिडियोकलको आधारमा दिएको तर पछि किस्ता उठाउने समयमा सम्पर्कमा नरहेको र श्रीमानलाई सोध्दा आफुलाई जानकारी नभएको बताउदै उक्त भिडियोकलको व्यक्ति श्रीमान नभएको हुदा समस्यामा परेको समेत बताएकी थिइन।

त्यस्तै कार्यक्रममा स्वर्गद्वारी नगरपालिकका सहकारी शाखा प्रमुख सुसीला नेपालीले २१ वटा सहकारी रहेको बताउदै १२ वटा सक्रिय रहेको र अरुलाई पनि सक्रिय बनाउने बताएकी थिइन ।

कार्यक्रममा अन्य सहकारीको सञ्चालकले सहकारीको अडिट गर्दा निकै समस्याहरु भएको गुनासो व्यक्त गरेका थिए । लेखा परिक्षकहरुले सहकारीको सञ्चालक माइन्युट तथा निर्णय र व्यवस्थापनमा रहेका कार्य समितिहरुको एक रुपता नदेखिएको बताउदै बेरुजु आउने र अडिट गर्न समस्याहरु भएको बताएका थिए । बाहिर हेर्दा खाई लाग्दो तर भित्र खोक्रो बनाउने भन्दा सहकारीका सञ्चालक , कार्यसमिती , कर्मचारी तथा लेखा परिक्षकहरु मिलेर समस्याहरुको समधान गर्दा सहकारीको दिर्घायुको बाटो जाने प्राबिधिक सल्लाकार प्रकाश वैद्यले बताए ।

देशमा संघिय आयपछि सहकारीलाई तिन तह केन्द्र , प्रदेश र स्थानियमा विभाजन भएपछि विधान अनुसार नभई राखेको समेत वैद्यले धारणा राखेका थिए । कार्यक्रमको प्रमुख अथिति रहेका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले सहकारी विधान ,विधी अनुसार चलाउन र चल्न आग्रह गरेका छन । एक अर्कालाई दोष लगाएर भन्दा समन्वय तथा सहमति गरेर सहकारीलाई समृद्ध बनाउन सुझाव दिदै विधान भन्दा बाहिर रहेर कार्य गदा समस्याहरु आएमा कानुनी प्रक्रियाबाट असहयोग हुने र त्यसको समधान स्वयम सञ्चालकले गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी अर्यालले भनाई राखेका थिए ।

सहकारीको विधानमा केन्द्रित रहेर सहकारीको कारोवार गर्दा अडित गर्दा समस्याहरु नहुने भएकाले राजनितिकीकरण आफन्तको आधारमा काम नगर्न समेत अर्यालले धाराण व्यक्त गरेका हुन । त्यसैगरी अडिटरले पनि अडिट गर्दा नितिगत तरिकाले पुगेको मात्र अडिट गर्न र नभएकोलाई पुरा गरेर मात्र ल्यायमा गरिदिन प्रमुख जिल्ला अधिकारीले अर्यालले सुझाव दिएका छन ।

जिल्ला सहकारी संघका अध्यक्ष सुशिल पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा कोलोनीका प्युठानका प्रमुख देवराज पोख्रेल , पत्रकार महासंघका अध्यक्ष सञ्जय रिजाल, लेखा परिक्षक एशोसीएसन प्यूठानका अध्यक्ष विष्णु बस्नेत , विभिन्न सहकारीका अध्यक्ष , सञ्चारकर्मी र व्यवस्थापकको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन छन्द बहादुर बस्नेतले गरेको हुन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page