समय : ०१:५८ pm | शनिबार , श्रावण १२ गते २०८१

आज प्रणय दिवस : नेपालमा पनि मनाइँदै

स्वर्गद्वारी अपडेट | फागुन २ गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।आज फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् । पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्ष यता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ ।आधुनिक प्रविधिको पहुँच बढेसँगै अहिले सहरबजारमा मात्रै नभएर गाउँघरमा पनि यो दिवसको चर्चा हुन थालेको छ । आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ । भ्यालेन्टाइन डे को शुरुवात सन् २६९ मा इटालीको रोमनबाट शुरु भएको मानिन्छ ।

सम्राट क्लाउडिअसले एक जोडीलाई विवाहमा प्रतिबन्ध लगाए पछि यसविरुद्ध उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा प्रणय दिवस मनाउने गरिएको हो । आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी सन् २६९ को फेब्रुअरी १४ तारिखमा मृत्युदण्डको सजाय दिएका थिए । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा भ्यालेन्टाइन डे का रूपमा मनाउन थालिएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page