समय : ०९:२८ am | शनिबार , श्रावण १२ गते २०८१

आज जनयुद्ध दिवस मनाउँदै, सार्वजनिक बिदा नभएको गृहमन्त्रालयको भनाई

सन्तोष सुनार | फागुन १ गते २०८०

माओवादी केन्द्रले आज जनयुद्ध दिवस मनाउँदैछ । २०५१ साल फागुन १ गते सशस्त्र विद्रोह सुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउने गरेको छ । अघिल्लो वर्ष जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएको सरकारले यसपटक भने सार्वजनिक बिदा दिन पाएन ।

सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा बदर गरेसँगै सरकारले बिदा दिन नपाएको हो । माओवादी केन्द्रले नेतृत्व गरिरहेका प्यूठानको माण्डवी गाउँपालिका , रोल्पाको रोल्पा नगरपालिका ,माडि गाउँ पालिका , पर्रिवर्तन गाउँपालिका
सुनसरी गाउँपालिका , सुनिल स्मृति गाउँपालिका तथा देशका अन्य स्थानीय तहले भने आज बिदा दिएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page