समय : ०८:११ am | शनिबार , श्रावण १२ गते २०८१

नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियान ः दाखाक्वाडीमा खानेपानीको मुहान सरसफाई

सन्तोष सुनार | माघ २५ गते २०८०

प्यूठान । नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियानमा प्यूठानमा विभिन्न सामाजिक कार्यहरु गरिएको छ । त्यसैगरी मङ्गलवार प्यूठान नगरपालिका २ दाखाक्वाडी चिथिखोलामा खानेपानीहरुको मुहान सरसफाई गरिएको नेपाली काङ्ग्रेसका वडाकमीटी सभापति गंगालाल बिष्टले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए ।

दाखाक्वाडीमा रहेको इनार तथा वरिपरीको वातावरण सरसफाई समेत गरिएको विष्टले बताए । कुनै पनि अभियान चलाएर मात्र समाजमा राम्रो काम गर्ने नभएर समाजमा रहेको समस्याहरु समाधान एकता भएर विकास गर्नु सबैको कर्तव्य भएको विष्टको भनाई रहेको छ । कुनै पनि पार्टिगत मात्र समाजमा विकास गर्न सहज नहुने भएकाले सहज गर्न वडाका जनप्रतिनिधि , राजनितिकदल र जनसमुदाय मिलेर भएका समस्याहरुको निष्कर्ष निकालेर समाधान गर्न गंगालाल विष्टको नेतृत्वमा तिन जनप्रतिनिधी र तिन राजनितिक दलका प्रतिनिधी बनाएको प्यूठान नगरकमिटिको उपसभापति तथा वडा अध्यक्ष मोहोन सिंह विष्टले बताए ।

वडामा रहेका जनसमुदायलाई एक घर एक पानीका धाराको सुविधा बनाउने पहिलो प्रथामिकता रहेको र अहिले पचहत्तर प्रतिशत पुरा गरेको समेत वडा अध्यक्ष विष्टको भनाई रहेको छ । मसेरी र ढाडामा पानी पुगेपछि वडा जनसमुदाएको घरमा पानीको सुविधा हुने वडा अध्यक्ष विष्टको भनाई रहेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page