समय : ०९:३५ am | शनिबार , श्रावण १२ गते २०८१

आज लुम्बिनी प्रदेश स्थापना दिवस ः प्रदेशभर सार्वजनिक बिदा

स्वर्गद्वारी अपडेट | माघ २१ गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदैछ । प्रदेश सरकार स्थापना दिवसको अवसरमा आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । ६ वर्षदेखि फागुन ३ गते मनाउँदै आएको स्थापना दिवस यसपाली सारेर आज माघ २१ गते मनाउन लागिएको हो ।

सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयले प्रदेश स्थापना दिवस र सरकारको स्थापना दिवस एकै दिन मनाउन लागिएको बताउनुभयो । प्रदेश सभाको चुनाव भएर २०७४ साल माघ २१ गते पहिलो बैठक बसेको दिनलाई आधार मानेर लुम्बिनीले यसअघि हरेक वर्ष माघ २१ लाई प्रदेशको स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो भने फागुन ३ लाई सरकार स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page