समय : ०८:४१ am | शनिबार , श्रावण १२ गते २०८१

नक्कली कागजात पेस गरी अमेरिकाको भिसा लगाउने १० जना पक्राउ

स्वर्गद्वारी अपडेट | माघ १९ गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अमेरिकाका लागि आवेदन दिने १० जना पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिकी दूतावासको समन्वयमा १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डीभी परेकाहरुसमेत रहेको प्रहरीले जनाएको छ । प्रहरीले सञ्जय महर्जन, भगवती उप्रेती, रोना गुरुङ, सुमन ढकाल, विवेक उपाध्याय, सक्षम अर्याल, सुरज अधिकारी, अशोक श्रेष्ठ, पुरुषोत्तम मल्लिक र स्वर्णीम दाहाल रहेका छन् ।

अघिल्लो वर्ष सन् २०२३ का लागि डीभी परेकाहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्न थालेपछि अमेरिकी दूतावासले प्रहरीलाई खबर गरेको थियो । भिसा आवेदनका लागि उनीहरूले एसलएलसी र १२ कक्षाको नक्कली शैक्षिक प्रमणपत्र पेस गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page