समय : ०५:३२ am | शनिबार , श्रावण ११ गते २०८१

प्युठानका पत्रकार जिसीलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार

सन्तोष सुनार | माघ १७ गते २०८०

facebook sharing button

प्यूठान । प्युठानका पत्रकार रिखिराम जिसी खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुनु भएको छ ।

हाल कास्कीमा कार्यरत पत्रकार जिसी र पत्रकार रोहितराज पराजुलीलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले बुधवार काठमाण्डौंमा आयोजित एक समारोहका बीच पुरस्कार प्रदान गरेको हो ।

लुम्बिनी प्रदेशबाट जिसी र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्दै पराजुलीलाई जनही २५ हजारको साथमा उक्त पुरस्कार २०८० बाट पुरस्कृत गरेको हो ।नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, मन्त्रालयका सचिव रविलाल पन्थले पुरस्कृत व्यक्तिहरुलाई नगद सहित सम्मानपत्र प्रदान गर्नु भएको हो । पत्रकारिताको माध्यमबाट नेपालको खेलकुद क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै मन्त्रालयले हरेक बर्ष यसरी प्रदेश, राष्ट्रिय स्तरका पत्रकारलाई नगद सहित पुरस्कृत गर्दै आएको सचिव पन्थले बताउनुभयो । मन्त्रालयले उक्त पुरस्कारको लागि केही समय अघि आव्हान गरेको थियो ।

पराजुली नयाँ पत्रिकामा आबद्ध हुनुहुन्छ भने जिसी नेपाल प्रेस डटकममा आबद्ध हुनुहन्छ । दुबै जना नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य समेत हुनुहुन्छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page