समय : ०९:३१ am | शनिबार , श्रावण १२ गते २०८१

जानकी माविका प्र.अ.पोख्रेल विदाई

सन्तोष सुनार | माघ १४ गते २०८०


प्युठान । जिल्लाको प्युठान नगरपालिका २ चिथिखोला स्थित रहेको जानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक बामदेव पोख्रेल शिक्षण विद्यालबाट विदाई भएका छन ।

पोख्रेल आफ्नो उमेर साठ्ठी वर्षमा लागेपछि नेपाल सरकारको नियमनुसार अवधि सकिएपछि आईतवार विद्यालयवाट अवकाष भएका हुन । २०५६ सालमा माण्डवी गाउँपालिका ३ जस्पुर भवानीश्वरी आधारभुत विद्यालयबाट आएका पोख्रेल यस विद्यालयमा पढाउदै जादा २०६२ सालमा उक्त आधारभुत विद्यालयको प्र.अ.भएका हुन। आरनेटा , आरुधारा , ढाडा, कट्टीपोखरा , झारीबाङ, चिथिखोला , क्वाडीका विद्यार्थी पढ्न आउनेको संख्या बड्दोक्रम भएकाले २०६७ सालमा नौ कक्षा सुरु गरिएको प्र.अ.पोख्रेलले बताएका छन । त्यसैगरी विद्याथीहरुको चापँ र जनसमुदायको मागअनुसार २०६८ सालमा पहिलो पटक एस.एल.सी.को थालनी गरेको उनको भनाई छ । आफु आउदा टिनको छाना रहेका भवन वर्तमान अवस्थामा पुरै पक्किमा निर्माण गरेको बताए । शिक्षा भनेको विद्यार्थीको भविष्य भएकाले कक्षा ८ का र कक्षा दशलाई होष्टेलका राखेर अध्धयन गराएको र विदाको समयमा टिउसन पढाउने भएकाले विद्यालयमा पढाई राम्रो भएको विद्यार्थीले बताए।

शिक्षाको क्षेत्रमा प्युठान नगरपालिकाको पहिलो र जिल्लामा पाचौ÷चारौ हुने गरेको शिक्षक बसन्त बस्नेतले बताए। विद्यालयको स्थापना भने २०३४ सालमा भएको हो । विदाई कार्यक्रममा प्रमुख अथिति रहनु भएका प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु कुमार योगीले प्र.अ.पोख्रल आफुसँगै पढेको बताउदै शिक्षामा निकै मिहिनति र क्षमतावान भएको बताएका थिए । जानकी माविलाई शिक्षाकोस्तरउन्नती निकै राम्रो बनाएको नगरप्रमुख योगीले धाराणा राखेका थिए । अवको समयमा फेरी प्र.अ. पोख्रेल जस्तै काम र पढाउने व्यक्ति छान्ने समय आएकाले व्यवस्थापन समिति , शिक्षक,र अभिभावकले एकता भएर छनोट गरी अझ उच्च राख्न आग्रह गर्दै प्युठान नगरपालिकाबाट शिक्षामा सहयोग हुने सेवा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

व्यवस्थापन समितिका अध्यक्ष अमर विष्टको अध्यक्षमा भएको कार्यक्रममा प्युठान नगरपालिकाका पुर्व मेयर अर्जुन कुमार कक्षपति , २ न.ंको पुर्व वडाअध्यक्ष मुक्ति पोख्रेल , वडाअध्यक्ष सुमनराज श्रेष्ठ , जनप्रतिनीधी , पुर्व व्यवस्थापन समितिका अध्यक्षहरु , स्थानीयहरु, पत्रकार,अभिभावकहरु र विद्यार्थीको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक पिताम्बर पोख्रेलले गरेका हुन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page