समय : ०८:४२ am | शनिबार , श्रावण १२ गते २०८१

अनेरास्ववियू क्रान्तिकारी प्यूठानद्वारा जिल्ला अस्पतालको परिसर सरसफाई

सन्तोष सुनार | माघ ६ गते २०८०

प्यूठान ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) प्यूठानद्वारा जिल्ला अस्पताल बिजुवारको परिसर सरसफाई गरिएको छ ।

शनिवार अनेरास्ववियू क्रान्तिकारी) ले जिल्ला अस्पताल विजुवारको वरिपरी रहेका झारजंगल फडानी, जथाभावी रुपमा छरिएका प्लाष्टिकका टुक्रा, विग्रीएका फलामका कुर्चि, टुक्रिएका जस्तापाताहरुलाई टिपेर एक ठाउँमा व्यवस्थापन गरेको हो । सरसफाईले गर्दा मानिसहरुमा लाग्ने विभिन्न प्रकारका सरुवा रोगहरुबाट बच्न सकिने र अस्पतालको परिसर सरसफाई रहयो भने अस्पतालमा आएका विरामीहरुलाई अन्य रोगहरुको आक्रमणबाट बचाउन सकिने भएकाले यस कामलाई प्राथमिकतामा राखेको अनेरास्ववियू (क्रान्तिकारी) प्युठानलने बताएको छ ।

सरसफाई कार्य अस्पतालहरुमा मात्र नगरी हरेक ठाउँहरुमा गर्नु आवश्यक रहेको बताउदै सबै जनाले मिलेर गरेपछि सन्देशमुलक हुने भएकाले सरसफाई कार्यलाई अघि बढाईएको नेकपा (माओवादी केन्द्र) जिल्ला पार्टी संयोजक नमराज अधिकारी (रोशन)ले बताए ।

त्यस्तै सरसफाई कार्यक्रममा जिल्ला अस्पताल प्यूठानले विरामीहरुको लागी फलफुल वितरण भन्दा सिजन अनुसारका कपडाहरु ह्स्तारण गर्नु भयो भने झन उच्च कार्य हुने बताउदै अक्सिजन सिलिनडरको लागि ट्रली आवश्यक पर्ने भएकाले पहल गरिदिन आग्रह गरेको छ । प्यूठान नगरपालिकाका नगरप्रवक्ता तथा ३ नं वडाध्यक्ष सुमनराज श्रेष्ठले त्यसका लागि छिट्टै पहलका कार्य अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page