समय : ०९:१५ am | शनिबार , श्रावण १२ गते २०८१

राष्ट्रियसभा चुनाव सातै प्रदेशमा पुग्यो मतपत्र गण्डकी प्रदेशमा ६ प्रकारका ९०० मतपत्र

सन्तोष सुनार | माघ ६ गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको छ । निर्वाचन आयोगले स्वीकृत गरेको मतपत्रको डिजाइन तथा मापदण्ड बमोजिमका मतपत्र छपाई सकेर सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार प्रदेशगतरूपमा रहेका निर्वाचक मण्डलका सदस्यको संख्या तथा निर्वाचन हुने पद संख्यालाई आधार मानी आयोगले तोकेको संख्यागत मापदण्डका आधारमा मतपत्र छापिएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले बताए । उनका अनुसार ३८ प्रकारका जम्मा ६९१० मतपत्र छपाई गरिएको छ ।

आयोगका अनुसार कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १७६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ७५० मतपत्र र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र रहेका छन् । आगामी फागुन २० गतेदेखि रिक्त हुने १९ राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते सम्बन्धित प्रदेशका तोकिएका मतदान स्थल तथा मतदान केन्द्रमा विहान नौ बजेदेखि दिउसो तीन बजेसम्म मतदान हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page