समय : ०८:२५ am | शनिबार , श्रावण १२ गते २०८१

बिजुवार देखि झारीबाङ सम्म म्याजिक सञ्चालन

सन्तोष सुनार | माघ ५ गते २०८०

प्युठान । जिल्लाको बिजुवार बजार देखी झारीबाङ सम्म म्याजिक सेवा सञ्चालन गरीएको छ ।

विहिवार प्यूठानको स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रालिले वडाअध्यक्ष मोहोन सिंह विष्ट र स्थानीयहरुसँग समन्वय गरी प्युठान नगरपालिका ४ बिजुवार बजार देखि प्युठान नगरपालिका २ झारीबाङ सम्म म्याजिक सञ्चालन गरीएको हो ।

प्युठान नगरपालिका २ क्वाडीबाट दैनीकी रुपमा स्वर्गद्धारी नगरपालिका ८ बर्जिबाङको हुलाका सम्म बस सञ्चालन गर्दा यात्रुहरु बसमा भिडबाड र यात्रुहरुलाई यात्रा गर्न कठिनाई भएको अवस्थाका कारण म्याजिकहरु सञ्चालन गरिएको वडाअध्यक्ष मोहोन सिंह विष्टले बताए । म्याजिक चितिखोलाको लागी विजुवार देखि विहान ८ बजे छुट्नेछ झारीवाङ ८ः४५ पुग्नेछ र झारीबाङबाट ९ बजे विजुवार फर्कनेछ।

त्यसैगरी बिहान ११ बजेबिजुवार बाट छुट्ने म्याजिक झारीबाङबाट १२ बजे फर्कने छ र दिउसो ४ बजे बिजुवारबाट छुटेको म्याजिक झारीबाङबाट ४ः४५ मा फर्कने छ।

म्याजिकको भाडादर बिजुवारबाट चितिखोला सम्म २५रुपैया, बिजुवारबाट जानकी विद्यालय चिसापानी सम्म ५० रुपैया,विजुवारबाट अड्डापाटा ६० रुपैया,बिजुवार बाट जनता टोल सम्म ७५ रुपैया र बिजुवारबाट झारीबाङसम्म ८५ रुपैया कायम गरिएको स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रालीका लेखापाल दिपेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

म्याजिक सञ्चालन गर्दा झारीबाङका स्थानीयबासीहरु बिजुवार आउदा बसलाई कुरेर बस्नु पर्ने , छोराछोरी विद्यालय पढाउनका लागि आमाहरु बजारमा कोठा भाडा लियर बस्नु पर्दा विभिन्न समस्याहरु झेल्नु पर्ने समस्या भएको अबको समयमा समधान हुदा स्थानीय विजय खड्काले सहज हुने बताए। गाउँमा उत्पादन भएका तरकारी,फलफुल बजार सम्म ल्याएर विक्रि गर्न सजिलो हुने जसले गर्दा आर्थिक बचतका साथै समयको पनि बचत पनि हुने खड्काको भनाई रहेको छ । स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रालीले साना ठुला जीप,बस, म्याजिक गाडीहरु सञ्चालन गर्दै आइरहेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page