समय : ०८:४७ am | शनिबार , श्रावण १२ गते २०८१

राष्ट्रिय सभा निर्वाचन लुम्बिनी प्रदेशका उम्मेदार प्युठानमा

सन्तोष सुनार | माघ ४ गते २०८०

माघ ४ गते प्युठान । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन लुम्बिनी प्रदेशका उम्मेदारसँग प्युठानमा परिचात्मक तथा प्रचार प्रसार कार्यक्रम भएको छ ।

विहिवार सयुक्त पाचँदलीय गठबन्धनको आयोजनमा राष्ट्रिय सभा निर्वाचनका लागी गठबन्धनका साझेदार उम्मेदार झक्कु प्रसाद सुवेधी र विष्णु सापकोटासँग जिल्लाको राजनैतिकदलका प्रतिनिधी, नगरपालिका तथा गाउपालिकाका प्रमुख – उपप्रमुख , वडाअध्यक्ष तथा पत्रकारहरुसँग परिचात्मक तथा प्रचार प्रसार कार्यक्रम प्युठान नगरपालिकाको कार्यालय विजुवार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय सभा निर्वाचन लुम्बिनी प्रदेशका गठबन्धनबाट उठेका उम्मेदार झक्कु प्रसाद सुवेदीले वर्तमान अवस्थामा रहेको गठबन्धन सरकारलाई बाढीचुढी खाने सरकार भएको सोच राख्ने प्रतिगमनलाई देशमा विकास , सुशासन कायम गर्न , देशमा रहेका महत्वपुर्ण उपलब्धिहरको रक्षा गर्न भएको पाचँ वर्षसम्म देशमा भएका भ्रष्टचार निर्मुल पार्न लागेको प्रमाणीत र देखाउन रहेको हुदा यस निर्वाचनमा पनि सहयोग साथ दिन आग्रह गर्नु भएको थियो ।

राष्ट्रिय सभामा हुने विधेकमा हुनुपर्ने सच्चाईलाइ प्रथामीकता र गलतलाई सच्चाई सुधार गरेर देश विकासको कार्यहरुमा जोड दिने आवश्यक भएकाले एकता साथ लाग्न जोडदिनु भएको थियो । प्रत्यक्ष रुपमा भेटघाट हुदा प्युठानमा भएका समस्याहरुलाई नियाल्न सकिने हुदा जिल्लामा आएको समेत धारण राख्नु भएको थियो । सुवेदी गा.वि.स. सचिव,जि.वि.स.सभापति ,प्रतिनिधि सभा सदस्य समेत बन्नु भएको थियो ।

त्यसैगरी अर्का उम्मेदार विष्णु सापकोटाले आफुहरु विजयी भए पछी जिल्लामा रहेका समस्याहरुको समधान गर्ने , जनतासँग सरसल्ला अनुरुप अगाडी बढ्ने , विधेकमा गहन छलफ गर्ने धारणहरु राख्नु भएको थियो । नेकपा माओवादीका केन्द्रका लुम्बिनी प्रदेशका सचिव कृष्ण अधिकारी (प्रकाश) ले कुनै इशुका कारण पछि नलागी सबल , सक्षम तरिकाले आफ्ना उम्मेदारलाई भोट दिन नगरपालिका तथा गाउपालिका प्रमुख –उपप्रमुखलाई आग्रह गर्दे उम्मेदारलाई जितको शुभकामना दिनुभएको हो ।

नेकपा माओवादी केन्द्र प्यूठानका संयोजक नमराज अधिकारी (रोशन) को अध्यक्षतामा भएको परिचयात्मक तथा प्रचारप्रसार कार्यक्रममा नेपाली कांग्रेस लुम्विनी प्रदेशका उप –सभापति भुवन प्रकाश श्रेष्ठ,रा.ज.मो.केन्द्रीय सदस्य कृष्ण खड्का , गठवन्धन दलका केन्द्र प्रदेश,जिल्ला हुँदै पालिका तहसम्मका नेता तथा कार्यकर्ताहरु ,प्रदेश सभा सदस्यहरु ,विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य नेपाली काङ्ग्रेसका प्युठान जिल्ला संयोजक तथा गौमुखी गाउपालिका अध्यक्ष विष्णु गीरीले राख्नु भएको थियो भने सञ्चालन रा.ज.मो .जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपानेले गर्नुभएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page