समय : ०५:५१ am | शनिबार , श्रावण १२ गते २०८१

प्यूठानमा जिप दुर्घटनाः २ जना घाईते

सन्तोष सुनार | पौष २७ गते २०८०

प्युठान । प्यूठानमा जिप दुर्घटना हुँदा २ जना घाईते भएका छन् । शुक्रबार जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ३ झिम्पबाट बाग्दुलातर्फ आउँदै गरेको लु १ ज ४६२६ नम्बरको जिप गत्लानेमा विहान ९ः१५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी तथा प्रहरी निरिक्षक हुमानन्द खनालले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए ।

सुचना अधिकारी खनालका अनुसार जिप को फेल भई दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा नौबहिनी गाउँपालिका वडा नम्बर ३ झिम्प निवासी ३० बर्षीय छमी बिक र २६ बर्षीय कुमारी पुनको जिल्ला अस्पताल बिजुवारमा उपचार भईरहेको छ । जिपमा ९ जना सवार रहेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page