समय : ०९:४० am | शनिबार , श्रावण १२ गते २०८१

राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा आज एपीएफ र गण्डकी तथा आर्मी र पुलिस खेल्दै

स्वर्गद्वारी अपडेट | पौष २५ गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स प्युठान ।सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा आज दुई वटा खेल हुँदैछन् । बिहान साढे १० बजे हुने पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र गण्डकी प्रदेश खेल्दैछन् । साबिक विजेता समेत रहेको एपीएफ समूह ए को विजेता हो भने गण्डकी समूह बी को उपविजेता हो ।

यसैगरी दिउँसो एक बजे हुने दोस्रो सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबसँग खेल्नेछ । आर्मी समूह ‘बी’ को विजेता हो । पुलिस भने समूह ‘ए’ को उपविजेता हो । नेपाल भलिबल सङ्घको आयोजना र कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page