समय : १०:२२ am | शनिबार , श्रावण १२ गते २०८१

साढे ३६ अङ्कले शेयर बजार बढ्यो , ४ अर्ब ६७ करोड रुपैयाँको कारोबार

स्वर्गद्वारी अपडेट | पौष २३ गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।शेयर बजार आज साेमवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ५७ अङ्कले बढेर दुई हजार ५९ दशमलव ४९ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, लगानी, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज आठ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आजदेखि कारोबारमा आएको हिमालयन रि–इन्सुरेन्सको शेयरमा पनि पहिलो दिन सकारात्मक सर्किट लागेको छ । आज कुल एक करोड ३७ लाख कित्ता शेयर कारोबार भएकामा सबैभन्दा धेरै निफ्राकाे मात्रै पाँच लाख २६ हजार कित्ता शेयर खरिद/बिक्री भएकाे छ । आज चार अर्ब ६७ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २१ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page