समय : ०९:२९ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा यातायात कार्यालय स्थापना गर्ने मन्त्री राणा

स्वर्गद्वारी अपडेट | पौष २३ गते २०८०

प्यूठान। लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा)ले प्यूठान जिल्लामा यातायात सेवा कार्यालय स्थापना गर्ने बताएका छन । सोमवार प्युठानबाट भारतको दिल्लीका लागि बस सेवा उद्घाटन गदैै मन्त्री राणाले यस्तो कुरा बताएका हुन ।

आफ्नो मन्त्रालय विकाससँग प्रत्यक्ष जोडिएको नभएपनि आफूले जिल्लाको विकासका लागि पहल गर्ने बताएका थिए ।
कार्यक्रममा स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रालिका अध्यक्ष सुनिल बस्नेतले यसअघि हप्तामा दुई दिन दिल्लीका लागि बस सञ्चालन गरिएकोमा अहिले दैनिक रुपमा नेपाल भारमैत्री बस सेवा शुरु गरिएको बताएका हुन । उनले प्युठानका यात्रुलाई सहज र सरल रुपमा सेवा दिन प्रा.लि.ले थप सेवा समेत उपलब्ध गराउने बताएका थिए ।

अहिले प्यूठानदेखी दिल्ली चल्ने छ वटा बस सञ्चालनमा रहेका छन् । प्युठान, रोल्पा, दाङ, अर्घाखाँची र गुल्मीका यात्रुलाई यस रुटबाट सहज सेवा उपलब्ध हुने यातायात व्यवसायी धिरज पण्डितले बताए । जिल्लाबाट सिधा दिल्लीको लागि बस चल्न थालेपछि स्थानीय समेत खुशी भएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page