प्युठान।चुनाव जित्नकै लागी घोषणा पत्र बनाउने र चुनाव जितिसकेपछि ति घोषणा पत्रको पानाहरुमा के थियो भन्ने सम्म बिर्सने जनप्रतिधिहरुको आदत नै बनिसकेको छ।तर,जनताको प्रतिनिधित्वको गर्ने नेता सबै एकनास हुँदैनन् भन्ने कुराको दरिलो उदाहरण बनेका छन् धनेन्द्र कार्की।
प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धनेन्द्र कार्कीले आफू वडा अध्यक्षमा निर्वाचित हुँदा जनतासँग गरेको वाचा पुरा गर्दै छन्।उनले निर्वाचित हुँदा वडाबासीहरुलाई दिएको प्रतिबद्धता पुरा गर्न दौडधुप गरिरहेका देखिन्छ।

आफ्नो वडा संगै गाउँपालिकाको समग्र बिकासको लागि आफु निरन्तर जनतामाझ पुग्ने गरेको वडा अध्यक्ष कार्की बताउछन। ‘आफू निर्वाचित भइसकेपछि शून्य अवस्थाबाट विकासको गति अगाडि बढाएको छु।"अध्यक्ष कार्कीले भने–"अहिलेसम्म सन्तोषजनक कार्य गरेका छौँ, पालिकाको निश्चित बजेट भएर हामीले सोचेको सबै काम पूर्ण रूपमा गर्न सकिएन।"
वडा नम्बर ३ अन्तर्गत रहेका ९ वटै गाउँमा बिजुली बत्ति पुगिसकेको,कृषकहरूका लागि कृषि औजार खरिद तथा अनुदान वितरण, सडक बत्ती स्वास्थ्य क्षेत्रको लागि वडावासीहरुको घर -घरमा स्वास्थ्य सेवा तथा चालकहरुको स्वास्थ परिक्षण समेत गरिसकेको अध्यक्ष कार्कीले बताए।
तलवको पैसा समाज सेवामा
सरकारी मोटरसाइकल प्रयोग नगर्ने र तलब भत्ता समेत नल्याउने घोषणा गरे अनुसार नै उक्त सेवा सुबिधा उपभोग नगरेको कार्कीले बताए।"आफ्नो तलब भत्ताबाट बिद्यालयमा भएका बिपन्न बिद्यार्थीहरुलाई झोला वितरण,स्कुल ड्रेस वितरण,कापी र पेन्सिलको साथै आर्थिक सहयोग समेत गरेका छन्।" महिलाहरुको महान चाड हरितालिका तीजमा बिपन्न महिलाहरुलाई साडी वितरण,वडामा आगलागी भएका घरहरुलाई नगद तथा खाद्यन्न सामग्री उपलब्ध,टिन,सिमेन्ट र एक जना अशक्तलाई व्हिलचियर हस्तान्तरण गरेको उनले बताए।आफ्नो वडामा मृत्यु भएका मृतकका निशुल्क ब्यानर बनाईदिनुको साथै ३ सय दुना टपरी उपलब्ध गराउदै आईरहेको उनको भनाई रहेको छ।

वडाको विकास निर्माणको कामलाई पनि तीव्रता दिनुको साथै गत आर्थिक वर्षको सम्पूर्ण योजना सम्पन्न गरिसकेको उनको भनाई छ। माण्डवी गाउँपालिका वडा नम्बर ३ क्षेत्रमा रहेका ९ वटै गाउँ/टोलका नागरिकहरू माँझ समय समयमा पुगेर स्थानीयहरूको समस्यालाई बुझेर अगाडि बढेका अध्यक्ष कार्कीको कार्य देखेर स्थानीयहरूले खुसी महसुस गरेका छन्।कार्की जनप्रतिनिधिको रूपमा निर्वाचित भएपछि वडाको हरेक क्षेत्रमा केही सुधार हुँदै गरेको स्थानीय हुकुम बहादुर खत्रीले बताए।
साथै वडामा शान्ति सुरक्षा समय समयमा सम्बन्धित निकाय सँग सहकार्य र समन्वय गरेको बताए।स्वच्छ खानेपानीको लागि गाउँमा २५ घरमा डिप बोरिङ गाडेको साथै "एक घर एक धारा" कार्यक्रम अन्तर्गत १ वर्ष भित्र सबै घर धूरीहरुमा पुग्ने बताए।

स्थानीयले निर्वाचनमा आफूलाई विजय गराएमा विद्युत् नपुगेको घरमा विद्युत् पुर्याउने,खानेपानी , सडक ,नाला ,कृषि तथा शिक्षा जस्ता आधारभूत आवश्यकताहरूलाई प्राथमिकतामा राखेर आफ्नो कार्य अवधिमा सम्पन्न गर्ने प्रतिबद्धता जनाए अनुसार ती सबै कामहरू क्रमशः केही पुरा भएको साथै केहि पुरा हुने अवस्थामा रहेको उनको भनाई रहेको छ।
कार्की निर्वाचित भएपछि उनको योजना अनुसार प्रत्येक शनिबार जनताको घरमा पुग्ने,श्रमदानमा सहभागी हुने,जनताको समस्या सम्बोधन गर्ने जस्ता कार्यहरु गर्दै आएका छन।