समय : १२:१७ pm | शनिबार , श्रावण १२ गते २०८१

नौबहिनी गाउँपालिकामा माओवादी रुपान्तरण अभियान कार्यक्रम सम्पन्न

सन्तोष सुनार | पौष १६ गते २०८०

पुस १६ गते, प्युठान । जिल्लाको नौबहिनी गाउँपालिकामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको समापन कार्यक्रम सम्पन्न भएको छ ।

सोमवार प्युठानको नौबहिनी गाउँपालिकामा गाउँ कमिटीको आयोजनामा नेकपा(माओवादी केन्द्र)को ४ महिने विशेष रुपान्तरण अभियान घरघरमा माओवादी जनजनमा माओवादी भन्ने विशेष नाराका साथ भदौ १६ गतेदेखि देशैभर उद्घाटन गरि सन्चालन गरिएको थियो।

कर्यक्रममा अभियानमा गरिएका उपलब्धिहरु पालिकाको पार्टी अध्यक्ष घन बहादुर बुढाले प्रतिवेदन प्रस्तुत गर्नु भएको हो । कार्यक्रममा प्रमुख अथिति रहनु भएका अभियानको प्युठान जिल्लाका संयोजक निर्मल आचार्यले नेकपा माओवादी केन्द्र पार्टी भनेको गरिव दुखिलाई साथ र हात दिई समन्वय गरेर अन्यायको विरुद्धमा लडिरहेने पार्टी भएको बताउनु भएको थियो ।

नेकपा माओवादी पार्टीले हजारौ सहिदहरुको बलिदानले लिएको यो व्यवस्थामा रजाई गरी उल्टाउने खोज्नेलाई परास्त गरी देशमा सुशासन कायम गर्न केन्द्रले सञ्चालन गरेको अभियानले नयाँ तरङ्ग ल्याउने समेत बताउनु भएको थियो । देशले फेरी विगतमा भएको जस्तै भ्रष्टचार, विकृती तथा विसङ्गति हटाउन , अराजकतालाई पन्छाउन फेरी नेकपा माओवादी नै चाहिने भएकाले जनताले प्रतिफल पाउन साथ र सहयोग आवश्यक भएको समेत आचार्यले धाराण व्यक्त गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र प्युठानका जिल्ला संयोजक नमराज अधिकारीले जनताको साथमा रहने पार्टी भनेको नेकपा माओवादी भएको बताउनु भएको छ । पानीको थोपा थोपा जसरी नदि बनी , नदि नदी बनी समुद्र बनेको जस्तो हामी पनि स्थानीय हुदै प्रदेश , प्रदेश हुदै केन्द्रसम्म बलियो तथा मजबुद भएर अवको दिनमा पार्टीको एकल सरकार बनाउने बताउनु भएको थियो ।अभियानले जनता र माओवादी बिचको दुरीलाई नजिक बनाएको बताउनु भएको थियो । पार्टीको सदस्यहरु पार्टीको प्रमुख बलियो आधार भएकाले समयमा नै पार्टी सदस्यता नवीकरण गर्न संयोजक अधिकारीले आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा नौबहिनी गाउपालिकाको पार्टी अध्यक्ष घन बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय लेखा समिति संयोजक तुफान अधिकारी , केन्द्रिय सदस्य हरी भण्डारी, प्रेस सेन्टर नेपाल प्युठानका सहसचिव ससिधर भण्डारी , दलित मुक्ति मोर्चा प्युठानका अध्यक्ष केसव विक अनरोस्वीयु (क्रान्तिकारी) प्युठानका अध्यक्ष प्रेम बहादुर विश्वक्रमा तथा स्थानीयहरुको उपस्थित रहेको थियो, भने कार्यक्रमको सञ्चालन सचिव बल बहादुर केसीले गर्नु भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page