समय : ०६:३२ am | शनिबार , श्रावण १२ गते २०८१

निमुखा वर्गलाई स्वास्थ्य विमा गराईदिने अर्थमन्त्रि- मास्की

सन्तोष सुनार | पौष १५ गते २०८०

पुस १५ गते ,प्युठान । निमुखा वर्गहरुका जनसमुदायलाई स्वास्थ्य विमा गराईदिने लुम्बिनी प्रदेशका आर्थिक तथा सहकारी मन्त्रि धन बहादुर मास्कि (राजेश)ले बताउनु भएको छ ।

आईतबार जिल्लाको प्युठान नगरपालिकाको नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले सञ्चालन गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको समापन कार्यक्रममा यस्तो बताउनु भएको हो । लुम्बिनी प्रदेशमा रहेका बाह्र वटै जिल्लामा रहेका गरिब दुखि तथा निम्न आयस्रोत भएकाहरुलाई प्रदेश स्थानीयतह हुदै वडा कार्यालयमा बजेट बिनियोजन हुने बताउनु भएको हो। मन्त्रि मास्कीले स्वास्थ्य नै धन हो त्यसैले जनाताको स्वास्थ्यको सुरक्षा गर्नु मेरो पहिलो लक्ष्य भएको धारणा व्यक्त गर्नुभएको थियो।


संसारको सबै भन्दा राम्रो व्यवस्था ल्याउन सहयोग गर्ने सशस्त्र जनयुद्धमा घाईते , अपाङ्गाहरुलाई पनि स्वास्थ्य स्याहार खोल्ने योजनामा रहेको कानुनी कार्य बाकि रहेको बताउनु भएको थियो । साथै उहाले एक घर एक धारा जनाताको माझ सुविधा दिने हाम्रो उदेश्य रहेको हुदा नेकपा माओवादी केन्द्रले जितेको स्थानीतहले ग्रामीण भेगमा पानी नपुगेका ठाउँहरुमा जनतालाई पानी खुवाउने र अन्य पार्टीहरुले जितेको पालिकावासीहरुलाई पनि जनाताको माझ पानीको सुविधा पुर्‍याउन पहल गर्ने समेत भनाईहरु राख्नु भएको थियो ।

कार्यक्रममा प्युठान जिल्लाका अभियानका संयोजक निर्मल आचार्य , पार्टीको जिल्ला संयोजक नमराज अधिकारी (रोशन) , प्रदेश कमिटीको सचिवलय सदेस्य प्रभात केसी , उमा शर्मा , नगरकमिटको अध्यक्ष विष्णु बहादुर योगी , लगाएतको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन सचिव सुमन राज श्रेष्ठले गर्नु भएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page