समय : ०१:१२ pm | शनिबार , श्रावण १२ गते २०८१

नौबहिनीको लिवासी खोलाको बगरमा मृत अवस्थामा शव फेला

सन्तोष सुनार | पौष १४ गते २०८०

पुस १४ गते ,प्यूठान । जिल्लाको नौबहिनी गाउँपालिका २ लिघा सिलिखनको लिवासी खोलाको बगरमा मृत अवस्थामा एक पुरुषको शव फेला परेको छ । शनिबार दिउसो २ बजेको समयमा खोलामा माछा मार्ने क्रममा स्थानीयले फेला पारेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयो। मृत पुरुषको उमेर अन्दाजी ३४–३५ बर्ष रहेको सुचना अधिकारी खनालले बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय बहाने प्रहरीको टोलीले शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल बिजुवार लिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । । शवको पहिचान खुल्न नसकेकाले प्रहरीले अनुसन्धान थालेको वडा अध्यक्ष्य गोपीराम घर्तिमगरले बताउनुभयो । पोस्टमार्टम आइतबार गरिने प्रहरीको भनाई छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page