समय : ०६:२८ am | शनिबार , श्रावण १२ गते २०८१

मेलमिलाप नै विकासको आधार हो वडाअध्यक्ष श्रेष्ठ

सन्तोष सुनार | पौष १४ गते २०८०

पुष १४ गते ,प्युठान । मेलमिलाप नै विकासको आधार भएको प्युठान नगरपालिकाका नगरप्रबक्ता एवम् वडा नं ३ को वडाअध्यक्ष सुमन राज श्रेष्ठले बताउनु भएको छ ।


शनिवार प्युठान नगरपालिका जुम्रीबजार आसपास भएर बग्ने २,३ र ४ वडा अन्तरगत जुम्री खोलामा स्थानीय समुदाय सहित सरसफाई गरिसकेपछि स्वर्गद्धारी अपडेटसँगको कुराकानीमा यस्तो बताउनु भएको हो । उहाले भन्नुभयो“ मेलमिलापले समझदारीको वातावरण बनाई दुवै पक्षहरूलाई मान्य हुने गरी सहमतिमा पु¥याउन निष्पक्ष र तटस्थ सहजकर्ताको भूमिका निर्वाह गर्छ । मेलमिलापले सबैका बीच भएको छलफलबाट सहमति तयार गर्न पक्षहरूलाई सहयोग गर्दछ । यो महत्त्वपूर्ण तथा सन्देशमुलक कार्यक्रमले जनता आफै सक्रियता साथ लागेको देख्दा निकै खुशी लागेको छ। ”

अब जुम्रीबजारलाइ थप व्यवस्थित र सौन्दर्यकरण गर्नका लागि एक अर्काको खेदो खनेर होइन सबैले हातमा हात ,काँधमा काँध मिलाई एक अर्कालाई साथ दिएर सुन्दर बजार बनाउने लक्ष्य रहेको समेत बताउनु भयो । सरसफाई कार्यक्रममा प्युठान नगरपालिकाका उप्रमुख देवेन्द्र वर्मा, टोल व्यवस्थापन समिती, अभियानकर्ता र स्थानीय बजारबासीहरुको उपस्थित रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page