समय : ०५:३३ am | शनिबार , श्रावण ११ गते २०८१

१ करोड १५ लाख घुस लिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

सन्तोष सुनार | पौष ११ गते २०८०

११ पौष ,स्वर्गद्वारी अपडेट समाचार डेक्स । एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको प्रमुख हुँदा एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारका आधारमा उनलाई आज बुधवार कार्यकक्षबाटै पक्राउ गरेको र अब पोखरा पठाउने तयारी भएको पर्वतका निमित्त प्रहरी प्रमुख एवम् इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयो ।

मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा रजिस्ट्रार पराजुलीलाई एक करोड १५ लाख रुपैयाँ घुस दिएको बताएका थिए । उनीहरू दुवै जना २६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका हुन् । अधिकारी र पौडेलको बयानका आधारमा प्रशासकीय अधिकृत पराजुलीलाई पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page