समय : ०८:२२ am | शनिबार , श्रावण १२ गते २०८१

बड्डाडामा हाईस दुर्घटनाः १० जना घाइते

सन्तोष सुनार | पौष ११ गते २०८०

पुस ११ गते ,प्युठान ।प्युठानको सरुमारानी गाउँपालिका ४ बड्डाडामा हाईस दुर्घटना भएको छ ।


बुधबार बाग्दुलाबाट भालुवाङका लागि छुटेको लु २ ख ३०९३ नम्बरको गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी तथा प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयो ।
दुर्घटनामा १० जना यात्रु घाइते भएका छन् । दशजना घाइते मध्ये एक जना गम्भिर रहेको सुचना अधिकारी खनालले बताउनुभयो । घाईतेहरुलाई एम्बुलेन्समा दाङको भालुबाङ पठाइएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page