समय : ०८:५९ am | शनिबार , श्रावण १२ गते २०८१

सिटिजन लाइफद्धारा घातक रोग र मृत्यु वापतको दाबी भुक्तानी

सन्तोष सुनार | पौष ७ गते २०८०

प्युठान । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले घातक रोग र मृत्यु वापतको बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ ।

कम्पनीको विजुवार शाखाले घातक बापत र मृत्यु बापत १० लाख र १४ लाख रुपैयाँ बीमितहरुलाई हस्तान्तरण गरेको हो ।
शनिवार सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको विजुवार शाखाले एक कार्यक्रम गरी प्युठान नगरपालिका २ साढेखोला निवासी स्तन क्यान्सर पिडित तुलसा कुवरलाई र झिमरुक गाउँपालिका २ बादिकोट निवासी जयान्ता एम्सीले बैदेशीक रोजगार सम्बन्धि विमा गरेको अहिले एम्सीको मृत्यु हुदा प्युठान नगरपालिका २ का वडा अध्यक्ष मोहोनसिंह बिष्ट , ४ न.को वडाअध्यक्ष रेशम कार्की , क्षेत्रिय शाखा प्रबन्धक लक्ष्मण मरासिनी तथा लिडरहरुको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरेको विजुवार शाखा प्रमुख दिनेस कार्कीले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए ।

प्युठान नगरपालिका २ साढेखोला निवासी तुलसा कुवरले २०७८ साल देखी सिटिजन लाइफको विजुवार शाखाबाट १० लाखको बिमा खरिद गरी तिन किस्ता सम्मको रकम ७२ हजार २सय ५६ रुपैयाँ बीमा बुझाएकी थिइन् ।कुवरको विमा एजेन्सी म्यानेजर माया जिएमले बनाउनु भएको थियो ।

त्यस्तै झिमरुक गाउपालिका २ बाधिकोट निवासी जयान्त एम्सीले रोजगारको लागी बैदेशीक जादा बैदेशीक सोरोजगार सम्बन्धि बिमा गरेर गएकी कार्कीले बताए । उनको मृत्यु पश्चाताप दाबी बिमा उर्मिला एम्सिलाई हस्तान्तरण गरेको सिटिजन लाइफ इन्स्योरेन्स विजुवार शाखाले जनाएको छ । क्षेत्रीय शाखा प्रवन्धक लक्ष्मण मरासिनीले सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको अतिरिक्त सुविधामार्फत एउटा मात्र रोगको लागी नभई २० घातक रोगहरुको लागी बिना बिल नै ५० लाख सम्मको उपचार खर्च कम्पनीले दिने र नेपालमै पहिलो पटक सेवा दिने गरी कम्पनीले धेरै क्षेत्रमा काम गरिरहेको बताए ।

बीमित तुलसा कुवरले बिना झन्झट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबाट प्राप्त रकमले उपचारमा धेरै आर्थीक सहयोग र हौसला प्राप्त भएको बताउँदै सिटिजन लाइफलाई धन्यवाद समेत दिएकी छिन। साथै उनले कार्यक्रममा समयमा नै बीमा गर्ने सल्लाह समेत दिएकी थिइन।

कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले आर्थिक जोखिमको सुरक्षाको लागि जीवन बीमा अपरिहार्य रहेकोले आफ्नो क्षमता अनुसारको बीमा गर्नुपर्ने बताएका थिए। साथै २ नं. वडावासीहरुलाई पनि बिमा सम्बन्धि जनचेतना फैलाउने समेत अध्यक्ष बिष्टले भनाई राखेका थिए ।

त्यस्तै ४ नं.वडाअध्यक्ष रेशम कार्कीले पनि आर्थिक अवस्थामा बलियो रहेका हरुले गराएको बताउदै अवको समयमा न्युन अवस्थामा रहेका वडाबासीहरुलाई पहल गरी बिमा सम्बन्धि जानकारी गराउने बताएका थिए ।
कार्यक्रममा क्षेत्रीय शाखा प्रवन्धक लक्ष्मण मरासिनी, बिजुवार शाखा प्रबन्धक दिनेस कार्की , पत्रकार सन्तोष सुनार , सिटिजन स्टार, एजेन्सी म्यानेजर लगायत अन्य एजेन्सीहरुको उपस्थिती रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page