समय : ०९:०८ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानको सालघारी फुलघाटमा ३१ जना युवा माओवादी पार्टीमा प्रवेश

सन्तोष सुनार | पौष ५ गते २०८०


पौष ५

गते प्युठान । जिल्लाको सालघारी फुलघाटमा ३१ जना युवा नेकपा माओवादी केन्द्र पार्टीमा प्रवेश गरेका छन ।

विहिवार जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा प्युठान नगरपालिका १ सालघारी फुलघाटमा रमेश नेपाली र पदम नेपालीको नेतृत्वमा ३१ जना युवाहरू नेकपा माओवादी केन्द्र पार्टीमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र पार्टीका जिल्ला संयोजक नमराज अधिकारी (रोशन) ले जानकारी दिनुभयो । पार्टीमा प्रवेश गर्ने युवाहरु नेकपा एमालेका ७ जना , काङग्रेसका १३ जना र ११ जना नव युवाहरु प्रवेश गरेको संयोजक अधिकारीले बताउनुभयो ।


पार्टीमा प्रवेश गरेकाहरुलाई माओवादी केन्द्रका जिल्ला संयोजक नमराज अधिकारी( रोसन), प्युठान नगरपालिकाका मेयर बिष्णु योगि , प्रदेश कमिटी सदस्य हरि बस्नेत , प्रदेश कमिटी सदस्य सुनिल सपकोटाले खादा र अभिर लगाएर स्वागत गर्नु भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page