समय : १०:१० am | शनिबार , श्रावण १२ गते २०८१

राष्ट्रिय सभा चुनावका लागि ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र

सन्तोष सुनार | पौष ५ गते २०८०

५ पुस

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि निर्वाचन आयोगले आज बिहीवार मतदान स्थल र मतदान केन्द्र तोकेको छ । आयोगले प्रत्येक प्रदेशमा १/१ वटा मतदान स्थल र त्यही मतदान स्थलमा २र२ वटा मतदान केन्द्र रहने गरी ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर मोरङ, मधेस प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुरधाम धनुषा, बाग्मती प्रदेशका लागि श्री भुटनदेवी मावि प्राविधिक शिक्षालय  ब्लक ‘एफ’   प्राविधिक भवन हेटौँडा मकवानपुर, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन घोराही दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्‍चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढी कैलालीलाई मतदान स्थल तोकिएको छ ।

तोकिएका मतदान स्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरले मतदान गर्नका लागि छुट्टाछुट्टै मतदान केन्द्र रहने छन् । मतदान केन्द्रको विवरण आयोगको वेबसाइटमा समेत प्रकाशन गरिएको आयोगले जनाएको छ । तोकिएका मतदान केन्द्रमा आउँदो माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page