समय : १०:१३ am | शनिबार , श्रावण १२ गते २०८१

स्वर्गद्वारीमा जिप दुर्घटनाः एकको मृत्यु ५ घाईते

सन्तोष सुनार | पौष ५ गते २०८०


मंसिर ५ गते
प्युठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ५ आमडाडाँमा जिप दुर्घटना हुदा एकको मृत्यु भएको छ भने पाँच घाईते भएका छन । विहिवार स्वर्गद्वारी नगरपालिकाको सारी देखी डाडाँगाउ जाने कच्ची सडक खण्डमा आपधारा देखी सारीतिर जादै गरेको लु २ च ६१ नं. डबल क्याप जिप अनियन्त्रित भई सडकबाट २० मिटर तल खोल्सामा खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक तथा सुचना अधिकारी हुमानन्द खनालले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो ।

मृत्यु हुनेमा स्वर्गद्वारी नगरपालिका ५ डाडाँगाउँको वर्ष ६८ कि झमी घर्ति मगर रहेको सुचना अधिकारी खनालले बताउनुभयो । रोल्पाको सुनिल स्मृति गाउपालिकाका वर्ष २४का टोप बहादुर रोका मगर गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घाईतेहरुको भिङ्ग्री स्वास्थ्य चौकीमा उपचार भईरहेको छ। यो घटना बिहान ११ः३० बजे भएको हो । जिपमा चालक सहित ६ जना सवार रहेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page