समय : ०९:३८ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा ट्याक्टर दुर्घटनाः एकको मृत्यु एक घाईते

सन्तोष सुनार | पौष ३ गते २०८०

प्युठान। प्युठानमा ट्याक्टर दुर्घटना हुदा पाल्पा जिल्लाको रम्भा गाउपालिका ४ धामका बर्ष अनुमानित २३–२४ बर्षका डम्बर सुनारे मगरको मृत्यु भएको छ । प्युठान जिल्लाको नौबहिनी गाउपालिका ३ खबाङका बर्ष १९ का चालक नबिन मल्ल घाईते भएका छन । मङ्गलबार प्युठान नगरपालिका २ आरनेटामा रा १ त २१८८ नं. को ट्याक्टर गिट्टी छोडी फर्किने क्रममा झारीबाङमा ब्रेक फेल भई सडकबाट सय मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचाना अधिकारी हुमानन्द खनालले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए । चालकको टाउकोमा चोट बढि लागेकाले बुटवल रिपर गरिएको खनालले बताए । मृतकको आफन्त आएपछि पोष्टमाटम गरेर शव आफन्तलाई बुझाउने जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page