समय : ०१:१५ pm | शनिबार , श्रावण १२ गते २०८१

गौमुखीमा निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर संचालन हुदै

सन्तोष सुनार | पौष १ गते २०८०

प्यूठान । जिल्लाको गौमुखी गाउँपालिकामा निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर संचालन हुने भएको छ । गौमुखी गाउँपालिकाको आयोजना, काठमान्डौ मेडिकल कलेज सिनामङ्गल काठमान्डौको प्राविधिक सहयोग र स्वास्थ्य कार्यालय प्यूठानको समन्वयमा यही पौस ४ गते गौमुखी माध्यमिक विद्यालय खुङ ठुलाबेसीमा निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर संचालन गर्ने गाउँपालिकाले जनाएको छ।

उक्त शिविरमा मानसिक स्वास्थ्य समस्या भएका, निन्द्रा नलाग्ने, एकोहोरो हुने र आत्महत्याको प्रयास गर्ने, उच्च रक्तचाप हुने, मधुमेह, नाक, कान, घाँटी, दाँत लगायतका विभिन्न समस्या भएका व्यक्तीहरुलाई सोही दिन बिहान १० बजे देखि ५ बजे सम्म गौमुखी माध्यमिक विद्यालय खुङ ठुलाबेसीमा निःशुल्क बिशेषज्ञ स्वास्थ्य सेवा लिन जनसमुदायलाई पठाउने व्यबस्था मिलाउनु हुन सबै, जनप्रतिनिधि, स्वास्थ्य संस्था, वडा कार्यालय, सम्पुर्ण विद्यालय, सहयोगी निकाय तथा सर्वसाधरणमा आग्रह गरेको गाउँपालिका उपाध्यक्ष महाविर रानाले बताउनु भयो ।

निःशुल्क उपलब्ध हुने सेवाहरुमा जनरल मेडिसिन सेवा, नाक कान घाँटी रोग बिशेषज्ञ सेवा ,स्त्रीरोग बिशेषज्ञ सेवा ,आँखा रोग बिशेषज्ञ सेवा ,बालरोग बिशेषज्ञ सेवा, दन्तरोग बिशेषज्ञ सेवा, शल्यक्रिया सर्जरी सेवा ,ई सी जी सेवा ,मानसिक तथा नशारोग बिशेषज्ञ सेवा ,छाला तथा यौनरोग बिशेषज्ञ सेवा, भिडियो एक्सरे सेवा ,ल्याव टेस्ट सेवा मृगौला रोग बिशेषज्ञ सेवा, मुटु रोग बिशेषज्ञ सेवा ,अन्य आकस्मिक स्वास्थ्य सेवाहरु रहेका छन ।

उक्त स्वास्थ्य शिविरमा गत कार्तिक १६ गते भएको मानसिक स्वास्थ्य शिविरको फलोअप तथा परामर्श समेत गरिने गाउँपालिकाको नि. प्रमुख प्रशासकीय अधिकृत दुर्गा प्रसाद सुबेदीले बताउनुभयो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page