समय : ०२:०४ pm | शनिबार , श्रावण १२ गते २०८१

पिडितको आन्दोलनमा प्रहरीको दमन, उपाध्यक्ष सहित दर्जनौ पक्राउ

स्वर्गद्वारी अपडेट | पौष १ गते २०८०

दाङ: टिप्परले हानेर मृत्यु भएका प्यूठानका मामाभान्जाका पीडितहरुलाई दाङ प्रहरीले बल प्रयोग  गरेर गिरफ्तार गरेको छ ।

उचित राहतको माग राख्दै पीडितहरुले आइतवार विहानैदेखि दाङमा यातायात वन्द गराएका थिए । दाङको घोराहीबाट प्रहरीले झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेल र पत्रकार सहित दर्जनौ मृतकका आफन्तहरुलाई पक्राउ गरेको छ । उनीहरुलाई जवरजस्ती बल प्रयोग गरेर प्रहरीले आफ्नो भ्यानमा राखेर लगेको घोराहीबाट पत्रकार शमसेर बिक्रम जी.सीले जानकारी दिए । "अझै टिप्पर व्यवसायी आएका छैनन,प्रहरीले बार्ता गरौ भनेको भएपनि व्यवसायी अहिले सम्म नआएको पत्रकार जी.सीले बताए।"  

‘ हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौं तर प्रहरीले बल प्रयोग ग¥यो’ पीडितका आफन्त एवंम् झिमरुक गाउँपालिकाको उपाध्यक्ष प्रमोद पोखरेलले भने,‘पीडितका आफन्तहरु आफ्नै गाडीमा जान्छौ भन्दा पनि प्रहरीले खेदेरै लग्यो ।’ 

शुक्रवार राती झिमरुक गाउँपालिका ४ बांगेमरोठ प्यूठानका १८ वर्षिय विशाल जिसी र उनका भान्जा नौवहिनी गाउँपालिका ६ लुङका १८ वर्षकै सागर केसीको टिप्परले हानेर मृत्यु भएको थियो । आफ्नै साइडमा बाइकमा सवार उनीहरुलाई टिप्परले टिप्परलाई जवरजस्त ओभरट्याक गर्दा पछाडीबाट हानेको थियो । 

तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको रा १ क १३०७ नम्वरको टिप्परले रा २ प ५५८९ नम्वरको मोटरसाईकल हानेको हो । मृतकका आफन्तहरु र टिप्पर व्यवसायीबीच शनिवार दिउँसभरी दाङमा छलफल भएपनि टिप्पर व्यवसायीले पीडितहरुको मागप्रति वेवास्ता गरेकाले पीडितहरु आन्दोलनमा उत्रनु परेको उपाध्यक्ष प्रमोद पोखरेलले जानकारी दिए । 
 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page