समय : ०८:४५ am | शनिबार , श्रावण १२ गते २०८१

यस वर्ष हिउँदमा बढी वर्षा हुने अनुमान

स्वर्गद्वारी अपडेट | मंसिर २७ गते २०८०

मंसिर २७ ,

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।  यस वर्ष हिउँदयाममा औषतभन्दा बढी पानी पर्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले मंसिर १५ गतेदेखि फागुन १७ गतेसम्म बागमती प्रदेशदेखि पश्चिमी भेगका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको बताएको छ । मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा भने सरदरभन्दा कम वर्षा हुने विभागको अनुमान छ ।

हरेक वर्ष हिउँदमा ६० दशमलव १ मिलिमिटरसम्मको वर्षालाई सरदर मानिन्छ । यसवर्ष त्यो भन्दा बढी पानी पर्ने प्रक्षेपण गरिएको छ । गत वर्ष मध्य तथा पश्चिम क्षेत्रमा बढी वर्षा भएको थियो भने कोशी, मधेश र बागमती प्रदेशमा कम वर्षा भएको थियो । वर्षा सरदरभन्दा बढी भएपनि तापक्रम भने गतवर्षकै आसपास रहने अनुमान विभागअन्तर्गतको मौषम पूर्वानुमान महाशाखाले गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page