मंसिर २३ गते,
प्युठान । प्युठानमा ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ । शनिवार जिल्लाको गौमुखी गाउँपालिका २ अर्खा निवासी कृतिमान थापाको छोरी वर्ष १५ कि जुनमाया थापा घरबाट जङ्गलमा घाँस काट्न जादा अर्खाको जुकेपानीमा माथिबाट ढुङ्गा पल्टिएर टाउकोमा चोट लाग्दा मुत्यु भएको वडाअध्यक्ष डोर बहादुर रानाले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए। यो घटना बिहान ७ बजे घटेको वडाअध्यक्ष रानाले बताए । मृतक बालिका अर्खा मा .वि.सेल्पुमा कक्षा ६मा अध्ययन गर्थिन ।