समय : ०२:०३ pm | शनिबार , श्रावण १२ गते २०८१

आमा बुवाको स्मृतिमा बनाए ‘पिकनिक स्थल’

स्वर्गद्वारी अपडेट | मंसिर २१ गते २०८०

प्युठान।जन्मस्थान मल्लरानी -४ बूढाचौर ,भन्ज्याङ प्युठानका  हाल तुलसीपुर-८ दाङमा स्थायी रुपमा बसोबास गर्दै आएका चन्द्र शाहले आमा बुवाको  स्मृतिमा झाक्रिस्थानमा निर्मित पिकनिक स्थल निर्माण गरेका छन् ।

बुवा स्वर्गीय रण बहादुर शाह र आमा स्वर्गीय मन कुमारी शाह को सम्झनामा करिब पौने चार लाख रुपैयाँ लगानीमा निर्माण भएको शाहले बताए। आमा मन कुमारी ०७१ सालसा ६७ वर्ष र बुवा रण बहादुरको २०७३ सालमा ७५ वर्षको उमेरमा निधन भएको थियो।

जिल्लाको मल्लरानी गाउँपालिका ४ मा पर्ने प्युठान जिल्लाको प्रसिद्द धार्मिकस्थल झाँकृस्थान मन्दिर हो।जिल्ला र जिल्ला बाहिर बाट दर्शन गर्नको लागि आउने सयौं संख्याका भक्तजनहरु अब पिकनिक स्थलमा रमाउन सक्नेछन ।आमा र बुवाको स्मृतिमा आवश्यक ठाउँमा सँरचना बनाउने प्रतिबद्दता गरेको थिएँ आज त्यो प्रतिबद्दता पुरा भएको  शाहले बताए।

आमा बुवाको नाममा सामाजिक काम गर्ने लामो समय देखिको इच्छा पूरा भएको भन्दै आगामी दिनमा पनि निरन्तरता दिईरहने उनको भनाई छ। उनी हाल सडक पूर्वाधार विकास कार्यालय प्यूठानका कार्यालय प्रमुख हुन् ।उक्त पिकनिक स्थल निर्माण कर्ता स्वर्गीय रण बहादुर शाहका छोराहरु भुपेन्द्र बहादुर शाह ,राइ बहादुर शाह र चन्द्र बहादुर शाहको लगानीमा निर्माण भएको हो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page