समय : ०१:२४ pm | शनिबार , श्रावण १२ गते २०८१

प्युठानको सीडीओलाई बीर अस्पतालको जिम्मा

स्वर्गद्वारी अपडेट | मंसिर १२ गते २०८०

प्युठान।प्युठानका प्रमुख जिल्ला अधिकारी मदन कोईराला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा सरुवा भएको छ।७१ जना सहसचिवको सरुवा हुँदा प्रशासन सेवाका मदन कोइराला चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा पुगेका छन् ।

लामो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काम गरेका कोइराला बागमती प्रदेशको पर्यटन सचिव रहँदा मेडिकल म्युजियम बनाउन प्रभावकारी भूमिका खेलेका थिए ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन सचिवको भूमिकाबाट गृह मन्त्रालय हुँदै प्युठानको सीडीओ बनेका कोइराला वीर अस्पताल पुगेका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page