समय : ०८:४७ am | शनिबार , श्रावण १२ गते २०८१

राष्ट्रिय बाल साहित्य सम्मेलन प्यूठानमा

स्वर्गद्वारी अपडेट | मंसिर ९ गते २०८०

प्यूठान।राष्ट्रिय बाल साहित्य सम्मेलन प्यूठानको बाग्दुला स्थित जनता माबिमा भएको छ। 

बालबालिकाको पठन शैली तथा अध्ययनमा रुची बढाउन यो कार्यक्रमले सहयोग पुग्ने अपेक्षा आयोजित २८ ओैँ राष्ट्रिय बाल साहित्य  सम्मेलनको मुख्य उद्देश्य बताईएको थियो । 

नेपाल बाल साहित्य समाजको आयोजनामा शनिबार प्यूठानको बाग्दुलामा सम्मेलन भएको हो।साहित्य सम्मेलनमा देशभरका साहित्यकारहरु सहभागिता रहेको छ।कार्यक्रममा बाल साहित्यसँग सम्वन्धित साहित्यकार देखी जिल्लाका सवै स्थानीय तहबाट बालबालिकाको सहभागिता गराई साहित्यका  विभिन्न बिधाहरुमा प्रतियोगिता समेत गराईएकोछ  । सम्मेलनमा कथा लेखन, हस्तलेखन कबिता लेखन लगायतका प्रतियोगिता समेत सञ्चालन गरिएको छ ।

सम्मेलनबाट बालबालिका तथा किशोरकिशोरीहरुको पठनसिप, पठन संस्कार र संस्कृति तथा सिर्जनशिलतामा विकास हुने अपेक्षा समेत गरिएको सम्मेलन आयोजना जिल्ला संयोजक बिमला खनालले बताउनुभयो । बाल साहित्य सम्मेलनमा बाल साहित्यका बिबिध क्षेत्रमा कलम चलाएका साहित्यकारलाई सम्मान गरिएको छ। 

सम्मेलनको अवसरमा बिभिन्न साहित्यकारका बिभिन्न कृतिहरुको बिमोचन पनि गरिएको छ । कार्यक्रमको उद्घटनामा बोल्दै सांसद सुर्य थापाले साहित्य सम्मेलनले बालबिालिको पठन शैलीमा बिकास हुने र जिल्लाको पर्यटन विकासमा पनि टेवा पुग्ने बताउनुभयो । उहाले पछिल्लो समय बालबालिकामा अध्ययनमा रुची घट्दै गएको छ सम्मेलनले उनीहरुलाई रुची बढाउने बिश्वास व्यक्त गर्नु भयो । सम्मेलन आज उद्घाटन सत्र, टक सो, बिबिध प्रतियोगिताहरु सम्पन्न भएको र मंसिर १० गते आईतबार जिल्लाका पर्यटकिय गन्तव्यहरुमा साहित्यकारहरुको भ्रमण कार्यक्रम लगायत रहेको आयोजकले जनाएको छ ।

सरोकार पोस्ट बाट साभार

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page