समय : १२:५१ pm | शनिबार , श्रावण १२ गते २०८१

अरुको आईडी ह्याक गरेर २ करोड रुपैयाँ ठग्ने एक पुरुष पक्राउ

सन्तोष सुनार | मंसिर ८ गते २०८०

मशिंर ८,

स्वर्गद्वारी अपडेट समाचार डेक्स । प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जियोल्यान्ड ट्राभल्स एन्ड टुर्स प्रालीको युजर आईडी ह्याक गरेर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । बालुवाटारमा रहेको यो ट्राभल्सको आईडी ह्याक गरी तीन सय २७ जनाको नाममा हवाई टिकट काटेर झन्डै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले स्याङ्जाको वालिङ नगरपालिका–१० का नारायण सुवेदीलाई पक्राउ गरेको हो । काठमाण्डौको सामाखुसी बस्दै आएका सुवेदी मर्स्याङ्दी ट्राभल्सका म्यानेजर रहेको खुलेको छ । उहाले जाजिरा एअरलाइन्स र एअर अरेबियाको टिकट काटिदिने गरेको पाइएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page