समय : १२:१७ pm | शनिबार , श्रावण १२ गते २०८१

भुकम्प पिडितलाई प्यूठान उद्योग बाणिज्य संघद्वाराआर्थिक सहयोग

सन्तोष सुनार | मंसिर ८ गते २०८०

मशिंर ८ गते

प्युठान । भुकम्प पिडितलाई प्यूठान उद्योग बाणिज्य संघले आर्थिक सहयोग गरेको छ । गत कार्तिक १७ गते जाजरकोटमा ६.४ म्याग्निट्यूडको केन्द्रबिन्दु भएर गएको भुकम्पका पिडितलाई प्यूठान उद्योग बाणिज्य संघले शुक्रबार प्यूठानका प्रमुख जिल्ला अधिकारी मदन कोईराला समक्ष ६७ हजार ५ सय ९५ रुपैया बराबरको चेक हस्तान्तरण गरेको प्यूठान उद्योग बाणिज्य संघले जनाएको छ ।

संघका पुर्व अध्यक्ष ईमानशिहं भारती, कार्यकारी निर्देशक प्रकास खनाल सहितको उपस्थितीमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको सघंका कार्यकारी निर्देशक प्रकास खनालले बताउनस भयो । प्रधानमन्त्री दैबिक प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी चेक हस्तान्तरण गरिएको खनालले बताउनुभयो ।

हस्तान्तरिक आर्थिक सहयोग ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले सरकारले सुरु गरेको सहयोगमा थोपा थोपा मिली समुद्व बनेको जस्तै हरेक जिल्लामा रहेका विभिन्न संघ सस्था , व्यक्ति मिली सहयोग गरेमा भुकम्पबाट घरबार बिहिन भएका पिडितहरुलाई पुनंःस्थापनामा सहयोग हुने बताउनु भएको थियो । कोइरालाले यस घटनाले समस्त नेपालीलाई मर्माहत र दुस्खी बनाएको उल्लेख गर्दै यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ(संस्था) सबै एक भएर विपत्तिको सामना गर्नुपर्ने समेत बताउनु भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page