समय : ०६:३९ am | शनिबार , श्रावण १२ गते २०८१

नेपाली सेनामा जागिर खुल्यो

स्वर्गद्वारी अपडेट | मंसिर ८ गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स । नेपाली सेनाको विभिन्न पदमा जागिर खुलेको छ । सूचना प्रकाशन गर्दै सेनाले सैन्य पदमा ३ हजार जना तथा सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४ सय १३  कर्मचारी मागेको हो । विभिन्न ब्यारेकमा आवश्यक रहेका पदमा पदपुर्तिका लागि दर्खास्त आह्वान गरिएकाले इच्छुक र योग्यता पुगेका व्यक्तिले पुस ७ गतेसम्म आवेदन दिन सक्ने नेपाली सेनाले जनाएको छ ।

सैन्य पदका लागि नेपाली सेनाको आधिकारी वेबसाइटबाट अनलाइन दरखास्त फाराम भरी प्रिन्ट गरी उम्मेदवार स्वयमले तोकिएको भर्ना केन्द्रमा बुझाउन सक्ने वा भर्ना केन्द्रमा स्वयम् उपस्थित भई फाराम भर्न मिल्ने तथा फलोअर्स पदहरूका लागि उम्मेदवार स्वयम भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भर्नुपर्ने नेपाली सेनाले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page