समय : ०९:४९ am | शनिबार , श्रावण १२ गते २०८१

दाङमा एकै घरका दाजुभाइ कोठाभित्रै मृत फेला

स्वर्गद्वारी अपडेट | मंसिर ५ गते २०८०

दाङमा एकै घरका दाजुभाइ मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा तुलसीपुर उपमहानगरपालिका १६ डोक्रेना घर भइ अहिले तुलसीपुर–६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उहाँका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार उनीहरु सोमवार बेलुका कोठाभित्र मृत्त अवस्थामा फेला परेका हुन् । सबै झ्यालढोका बन्द देखेपछि पछाडिको निकासद्वारको ग्रिलको पल्ला खोलेर हेर्दा दाजुभाइ मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृत्तक टेकबहादुरकी श्रीमतीले आफू माइती रुकुम पश्चिम गएको हुँदा त्यहाँबाट नफर्किँदासम्म ढोका नखोल्न आग्रह गरेपछि प्रहरीले आज मङ्गलवार मात्रै कोठाको ढोका खोलेर अनुसन्धानको प्रक्रिया शुरु गर्ने भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page